मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

बाँकेमा शत प्रतिशतलाई एचपिभी खोप

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

नेपालगन्ज । बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा १५ दिनमा सम्पन्न गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३२ हजार ९९९ बालिकालाई अर्थात ९९ प्रतिशतलाई खोप लगाइएको छ । उहाँले सो अभियान अन्तर्गत सबैभन्दा बढी खजुरा गाउँपालिकामा लक्ष्य भन्दा ५७ प्रतिशत बढी बालिकालाई सो खोप लगाइएको बताउनुभयो । खजुरामा तीन हजार २५३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पाँच हजार १०० जनालाई खोप लगाइएको छ । 

सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकामा पनि लक्ष्यभन्दा दुई प्रतिशत बढी बालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । उहाँले प्रायजसो खोप अभियानमा पछाडी पर्ने नेपालगन्ज उपमहानगरमा यस पटक एचपिभी खोप उत्साहपूर्ण रुपमा लगाएको देखिएको बताउनुभयो । प्रमुख शाहीका अनुसार नेपालगन्जमा आठ हजार २६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा आठ हजार ४०० जनाले खोप लगाएका छन् । 

यस्तै डुडुवा गाउँपालिकामा पनि लक्ष्यको ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् भने राप्ती सोनारी गाउँपालिकामा ९७ प्रतिशतले खोप लगाएका छन् । जानकीमा ९० प्रतिशत, बैजनाथमा ८९ प्रतिशत र नरैनापुरमा ८८ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सबैभन्दा कम खोप लगाउनेमा कोहलपुर नगरपालिकामा ८३ प्रतिशत बालिकाले खोप लगाएको जनाउँदै जिल्लाका खोप फोकल पर्सन श्रेष्ठले किन यहाँ सबैले खोप लगाएनन् सो बारेमा अनुसन्धान गरिने बताउनुभयो । 

जिल्लाका ३३ हजार ३७५ बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ माघ २२ गतेबाट खोप अभियान शुरु गरिएको जनाउँदै सो क्रममा आठ पालिकालाई दुई चरणमा बिभाजन गरेर खोप लगाउने कार्य गरिएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । पmागुन ६ गतेसम्म सञ्चालन गरिएको सो अभियान अन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र बिद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाईएको थियो । 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पहिलो चरण अन्तर्गत माघ २२ गतेदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा माघ ३० गतेदेखी फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप दिने कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार