मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नरैनापुरमा भलिवल प्रतियोगिता सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
भलिबल प्रतियोगितामा नमुना युवा क्लबको वर्चश्व
२३ अशोज २०७८, शनिबार

नरैनापुर । सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिका, स्याक नेपाल र प्लान ईन्टरनेशनल नेपालको सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको अवशरमा आयोजित खुला भलिबल प्रतियोगिता नमुना युवा क्लबले खुला तथा किशोरी तर्फ जित हाशिल गरेका छ । 

त्यसै गरि खुला तर्फबाट दोश्रो स्थानमा जय किशान मावि र तेश्रो स्थानमा बघौडा भलिवल क्लबले जित हाशिल गरेको छ । त्यसै गरि किशोरी तर्फ प्रथम नमुना युवा क्लब, दोश्रो स्थानमा सृजनशिल किशोरी क्लब र तेश्रो स्थानमा प्रगतिशिल किशोरी क्लबले हात पार्न सफल भएको छ । विजयी टिम प्रथम,दोश्रो र तेश्रो हुनेले क्रमशःःनगद रु.५०००।– ४०००।–, ३०००।–र प्रमाण पत्र प्राप्त गरेका थिए ।  

सो भलिवल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तीयाक अहमद शाहले नगद पुरुस्कार र प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रमाण पत्र वितरण गर्नु हुदै शाहले नरैनापुरमा २ वटा रंगशाला निर्माण गरिने जानकारी दिए । अहिले युवा तथा खेलकुद मन्त्री यसै क्षेत्रको भएको हुदाँ खेलकुदको विकास हुुनेमा ढुक्क भएका समेत बताउनुभयो । साथै स्थानीय युवा अरुण यादव र नरहरि योगीले नरैनापुरको समग्र विकासको लागि युवा तथा खेलकुद मन्त्रीसंग दशै पछि भेटघाट गरिने बताउनुभयो ।

सो भविबल प्रतियोगितामा तीन वटा विद्यालय, तीनवटा क्लब सहित छ वटा टीमको महिला र पुरुष गरि जम्मा नौ वटा समूहमा प्रतिस्पर्धा गरेका छन् । जसमा महेन्द्र मा.वि. मटेहिया ,जय किसान मा.वि.भोजपुर, आदर्श मा.वि.लक्ष्मणपुर,नमुना युवाक्लब कोहला र बघौडा युवा क्लब,लक्षणपुर र आयोजक सृजनशील किशोरी क्लब रहेका थिए । 

सो खेलमा तिर्थराम मौर्य र नरहरी योगीले रेफ्रीको भुमिका निभाएका थिए । सो कार्यक्रम सृजनशील किशोरी क्लब नरैनापुरका अध्यक्ष अन्जली बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो । नरैनापुर गाउँपालिकाका किशोरीहरुलाई खेलकुदमा अघि बढ्न थप हौशला प्रदान गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको बिशेष पहलमा नरैनापुर गाउँपालिकामा विभिन्न खेलको आयोजना गरिएको अरुण यादवले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार