मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

नेपालमा चन्द्रमा आज देखिएन, आइतवार देखि रमजान सुरु हुने जामा मस्जिदको अपिल

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

बाँके । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजानको चन्द्रमा आज शुक्रबार नदेखिए पछि आइतवार देखि रमजान सुरु हुने भएको छ । जामा मस्जिद नेपालगञ्जका मुफ्ती जाफर रजाले जारी गर्नु भएको बिज्ञप्तिमा भनिएको छ, "आज शुक्रबार २०८१ फाल्गुन १६ गते नेपालका साथै छिमेकी देश भारतमा समेत रमजानको चन्द्रमा नदेखिएको जानकारी गराउन चाहन्छौ । तसर्थ भोलि शनिबारबाट तराबी नमाज सुरु हुने र आईतबार रमजानको पहिलो तारिख हुने छ ।" 

एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन हुने गरेको जामा मस्जिका मुफ्ति जाफर रजाले बताउनु भयो ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ। उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो। रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ।

दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न एक दिन पहिला साँझ चन्द्रमा हेर्ने प्रचलन छ।

शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन्। नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन । रमजानको अन्तिम दिन फेरि चन्द्रमा हेरेर ईद मनाउने गरिन्छ।  

साउदी अरबसहित अन्य मुलुकमा भने शनिबारबाटै रमजान सुरु हुने छ। साउदी अरबमा आज शुक्रबार साँझै चन्द्रमा हेरेको हुँदा शनिबारबाट रामजान सुरु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार