मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

‘गलत इतिहास’ लेखेर लोकार्पण गर्न लागेको पुस्तक फोनिजले खोस्यो

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२८ माघ २०८०, आइतबार

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंको ‘अग्र अनुहार’ पुस्तक लोकार्पणमा नेपाल आदिवासी पत्रकार संघ (फोनिज)ले अवरोध गरेको छ । 

नेपाल पर्यटन बोर्डको सभा हलमा हुन लागेको पुस्तक लोकार्पण कार्यक्रममा फोनिजले अवरोध गरेको हो । फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखेर लोकार्पण गर्न लागिएको पत्रकार महासंघको उक्त पुस्तक कार्यक्रमस्थलबाट खोसिएको बताए ।

उनले पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको बताउँदै यदि उनलाई वर्तमान नेतृत्वले नस्विकार्ने हो भने देशभर आन्दोलनको चेतावनी दिए ।

उनले भने, ‘इतिहास लत्त्याउँदै पुस्तक निकालियो। इतिहास सच्याउँदै जाने हो । सत्यनारायणबहादुर श्रेष्ठको विषय पत्रकार महासंघले टुंगो लगाउनुपर्छ, उहाँ महासंघको संस्थापक हो, कुनै व्यक्ति वा समूहको आधारमा हामी विरोधमा उत्रिएको होइन । कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास मेटन खोजिए यो पुस्तक जलाउँछौँ ।’

फोनिज नेतृत्वका पत्रकारको टोलीले सत्यनारयणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्, हाम्रो आन्दोलन जारी छ र पत्रकार महासंघको इतिहास सच्याउनै पर्छ जस्ता नारा लगाएका थिए । 

लिम्बुले महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकोमा कृष्णप्रसाद भट्टराईलाई बनाइएको भन्दै त्यसलाई नसच्याए कडा प्रतिरोध गरिने पनि बताए । 

उक्त पुस्तकलाई लिएर फोनिजसहित अन्य पत्रकारहरू पनि आन्दोलित हुने खबर पाएपछि प्रमुख अतिथिका रुपमा बोलाइएका सभामुख देवराज घिमिरे विमोचनका कार्यक्रममै गएनन् । उक्त पुस्तकको विरोध भएपछि सचिवालयले सभामुख घिमिरेलाई कार्यक्रममा जानबाट रोकेको हो । 

महासंघले निकालेको पुस्तकमा कृष्णप्रसाद भट्टराईदेखि हालसम्मका अध्यक्षको इतिबृत्तान्त समावेश गरिएको छ । तर संस्थापक अध्यक्ष भनिएका सत्यन्द्रबहादुर श्रेष्ठबारे केही उल्लेख नगरिएको पुस्तक जलाउने चेतावनी पत्रकारहरूले दिएका छन्। 

फोनिज नेतृत्वका पत्रकारको टोलीले सत्यनारयणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्, हाम्रो आन्दोलन जारी छ र पत्रकार महासंघको इतिहास सच्याउनै पर्छ जस्ता नारा लगाएका थिए । 

लिम्बुले महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकोमा कृष्णप्रसाद भट्टराईलाई बनाइएको भन्दै त्यसलाई नसच्याए कडा प्रतिरोध गरिने पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार