मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

महमूद आलम खान 1133+ समाचार ( )
राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न, जिज्ञासाको शुक्रबार जवाफ दिँदै अध्यक्ष प्रचण्डले आएका सुझावहरुलाई समेटिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
१६ पौष २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न, जिज्ञासाको शुक्रबार जवाफ दिँदै अध्यक्ष प्रचण्डले आएका सुझावहरुलाई समेटिने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै विचारको विकास गर्नका लागि पार्टीले विशेष महाधिवेशन गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेताहरुले विभिन्न कोणबाट प्रश्न तथा टिप्पणी गरेपछि जवाफ दिँदै उनले पार्टीले निर्वाचन लगत्तै विशेष महाधिवेशन गर्ने बताए । महाधिवेशनमा आएका सुझावहरु आफ्नो प्रतिवेदनमा समेटिने उनले बताए ।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यक्ता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजको रुपमा नबुझन आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रुपले बहस तथा छलफल हुने आश्वास दिए ।

माओवादी केन्द्रका नेता श्रीराम ढकालले अध्यक्ष प्रचण्डको राजनीति प्रतिवेदन परिमार्जन सहित पारित भएको बताए । अब नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार