मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नेकपा एमालेका अध्यक्ष ओली आज चितवन जाँदै

महमूद आलम खान 1133+ समाचार ( )
ओली माडी अयोध्याधामसमेत पुग्ने
१४ कार्तिक २०७८, आइतबार

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) चितवन जाने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने कार्यक्रम रहेको बताइएको छ । सडक मार्ग हुँदै चितवन जान लागेका ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए ।

चितवन बसाइँको क्रममा ओलीले केन्द्रीय महाधिवेशन स्थल नारायणी नदी किनारको अवलोकन तथा केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रमसमेत रहेको पाण्डेले जानकारी दिए । उनले आजै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको समेत उद्घाटन गर्ने छन् । अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

चितवन बसाइकै क्रममा ओली माडी अयोध्याधामसमेत पुग्ने छन्। अध्यक्ष ओलीसँगै एमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा वादल, स्थायी समिति सदस्य पाण्डेलगायत केन्द्रीय नेतासमेत चितवन जाँदै छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार