मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जानकी गाउँपालिकाका अध्यक्ष खाँ अस्वस्थ, लखनउमा उपचार हुदै

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

बाँके ।  बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य छब्बन खाँको छातीमा देखिएको सङ्क्रमण लामो समयसम्म औषधि सेवन गर्दा पनि सुधार नआएपछि थप उपचारका लागि भारत लगिएको छ।

अध्यक्ष खाँलाई शुक्रबार राति भारतको इन्दु इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, लखनउमा भर्ना गरिएको जानकी गाउँपालिकाका जिन्सी शाखा प्रमुख राजु यादवले जानकारी दिनुभयो। हाल त्यहाँ विशेषज्ञ चिकित्सकको निगरानीमा उहाँको उपचार भइरहेको बताइएको छ।

अध्यक्ष खाँ केही समयदेखि छातीको सङ्क्रमणबाट पीडित रहँदै आउनुभएको थियो। औषधि उपचार जारी रहे पनि अपेक्षित सुधार नदेखिएपछि उपचारमा संलग्न चिकित्सकले थप जाँच र उपचारका लागि बाहिर रिफर गर्न सुझाव दिएका थिए । सोही सिफारिसका आधारमा उहाँलाई लखनउ लगिएको सचिवालय सदस्य रब्बान शेखले जानकारी दिनुभयो।

मंगलबार मात्र फलोअप जाँचका लागि अस्पताल पुगेका अध्यक्ष खाँ घर फर्किनुभएको थियो। तर पुनः छातीमा समस्या देखिएपछि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थाको थप मूल्यांकनपछि विशेषज्ञ उपचारका लागि भारत लैजाने निर्णय गरिएको हो ।

अध्यक्ष खाँको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ। स्थानीय तहको नेतृत्वमा रहँदै आएका खाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार