मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

अविरल बर्षापछि नरैनापुरका दुई दर्जन बढी गाउँ डुबानमा

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
२४ असार २०८१, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका दुई दर्जन बढी गाउँ डुबानमा परेका छन् । तीन दिनदेखि परेको अविरल बर्षाका कारण पालिकाका ६ वटै वडाका दुई दर्जन बढी गाउँ डुबानमा परेका हुन् । 

वडा नम्बर १ का महतिनिया, बनियागाउँ, सुइया, वडा नम्बर २ का रोशनपुर्वा, गङ्गापुर, मियाँपुर्वा, लक्ष्मणपुर र वडा नम्बर ३ का बालापुर, कोटिया, पचपेडवा, जनतापुर, रेतहिया, गेगली, कोदिपुर्वा लगायतका गाउँ डुबानमा परेका छन् । यस्तै वडा नम्बर ४ का नरैनापुर, घोडदौरिया, जयरामपुर्वा, खोदावा, वडा नम्बर ५ का मटेहिया, नेवाजीगाउँ, भगवानपुर, मोतीपुर, महादेवनगर तथा वडा नम्बर ६ का नयाँ बस्ती, गङ्गापुर, भोजपुर, कुदरबेटवा, सोनबर्षा, दोदरा लगायतका गाउँ डुबानमा परेको विपद व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्रले बताउनुभयो । नरैनापुर पूरै जलमग्न भएको मिश्रको भनाई छ । बस्ती पानी पानी भएको मटेहियाका स्थानीय गुरुमुरत यादवले बताउनुभयो । घरभित्रै पानी पस्न थालेको अवस्था रहेको यादवको भनाई छ ।

निरन्तर झरीका कारण डुबानको जोखिम बढेकाले सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ । अध्यक्ष इश्तियाक अहमद शाहले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । उहाँले उद्धारका लागि सुरक्षा संयन्त्र र स्थानीय विपद समिति तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार