मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

डुडुवामा जसपाका ५० जना नेताहरु काग्रेसमा प्रवेश

महमूद आलम खान 1131+ समाचार ( )
११ वैशाख २०७९, आइतबार

बाँके। बाँके डुडुवा गाउँपालिका वार्ड नं. ३ बनकट्टीका करिब ५० जना जनता समाजवादी पार्टीका कार्यक्रताहरु नेपाली कांग्रेशमा प्रबेश गरेका छन । जसपाका नेताहरु सत्ता र स्वार्थमा मात्र केन्द्रीय रहेकाले जनताको विकासका लागि खासै ध्यान नदिएको भन्दै आफुहरुको हितका लागि काम गर्ने नेपालकै ठुलो पार्टी नेपाली कांग्रेश मात्र भएकाले आफुहरु कांग्रेश पार्टीमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन । 

गत निर्वाचनमा जसपाबाट निर्वाचित डुडुवा गाउँपालिकाका वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मी कुमारी पासीसहित ५० जना सक्रिय कार्यक्रता पार्टी प्रबेश गरेका हुन । आज आइतबार एक कार्यक्रमका विच नेपाली कांग्रेश प्रदेश सभा (क) का सहसचिव समसुद्दिन खा, नेपाली कांगे्रश ३ नं. वडासभापति छोटेलाल बर्मा र क्षेत्रीय प्रतिनिधी सहाबुद्दिन खाँले नव प्रबेशी कार्यक्रताहरुलाई अबिर लगाएर सदस्यता प्रदान गर्नुभएको थियो । 

पार्टी प्रबेश गर्नेहरुमा वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मी कुमारी पासी, शकील खान, कैलास काँदू, जमिल साई, बुधराम यादव, सुशीला यादव, अली हुसेन खा लगायत रहनु भएको छ । कार्यक्रममा प्रबेश गरेका कार्यक्रताहरु स्थानीय निर्वाचनमा नेपाली कांग्रेशको उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता गर्दै प्रचार प्रसारको अभियान समेत शुरु गरेको जनाएका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार