मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

डुडुवाको गाउँसभा एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिष्कार

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् ।
८ असार २०८०, शुक्रबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभाका दिन जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका छन् । नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना तथा घेराउ गरेका छन् । वडा अध्यक्ष मिश्रले कानूनसम्मत माग राख्दा सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका बताए ।

उनले भने, ‘हामीले राखेका मागहरु पूरा गर्न नसकिनेखालका छैनन, तर गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले कार्यपालिका चलाउँदा समस्या भएको छ ।’ वडालाई बार्षिक बजेटको सिलिङ दिनुपर्ने, वडा–वडामा योजना तर्जुमा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्नुपर्ने, गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाको यान्त्रिक सम्पत्ति दुरुस्त राखी सार्वजनिक गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको एमाले नेता शकिल अहमद खानले जानकारी दिए ।

चैतमा वितरण हुनुपर्ने भत्ता हालसम्म वितरण नभएको आन्दोलनमा उत्रिएका जनप्रतिनिधीको भनाइ छ । यसअघि एमाले र जनता समाजवादीबाट निर्वाचित वहुमत कार्यपालिका सदस्यहरुले संयुक्त आन्दोलन गरेका कारण चालु आवमा ६ महिना ढिलोगरी गाउँसभा भएको थियो ।

अहिले जसपाबाट निर्वाचित जनप्रतिनिधीलाई साथमा लिएर बहुमतका आडमा अध्यक्ष नरेन्द्र चौधरीले बलमिच्याइ गरेको खानले आरोप लगाए । पहिलो चरणमा माग पूरा नभए दोस्रो चरणमा थप कार्यक्रम गरिने एमालेले जनाएको छ । अध्यक्ष चौधरीले सबै पक्षलाई मिलाएर गाउँपालिका चलाउन खोज्दा अवरोध हुनेगरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार