मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

डुडुवाले एसइई पास गरेका छात्राहरुलाई दियो साइकिल

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१४ माघ २०८०, आइतबार

डुडुवा । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो । 

२०७९ सालमा एसइइ पास गरेका गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका ९२ जना छात्रालाई साइकिल वितरण गरिएको शिक्षा शाखाका स्रोतव्यक्ती राम एकबाल मण्डलले बताउनुभयो ।

आज आइतबार पालिका कार्यालयमा आयोजित एक समारोहका विच साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो । 

उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले शिक्षा भनेको उज्यालोको प्रकाश भएकाले बालबालिकालाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिदै पालिकाभित्र संचालित विद्यालयहरुमा शैक्षिक गुणस्तरियताका लागि पहिलो चरणमा आधारभुत विद्यालयलाई सिसि क्यामरामार्फत निगरानी सुरु गरिएको बताउनुभयो । 

उहाँले डुडुवाले संस्कार शिक्षालाई जोड दिदै आगामी शैक्षिक सत्रबाट स्थानीय पाठयक्रम तयार गरि लागु गर्न लागेको बताउनुभयो । आ–आफ्नो घरमा नैतिकतासंगै संस्कारको बाताबरण तयार गर्न यो शिक्षा दिन लागेको उहाँको भनाई छ ।

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाल, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । 

साइकिल वितरण कार्यक्रममा नेकपा एमालेबाट निवार्चित वडाअध्यक्षसहितका जनप्रतिनिधीहरुले कार्यक्रमलाई विथोल्ने प्रयास गरेका थिए । कार्यक्रममा एक्कासी प्रबेश गरेर अनावश्यक वादविवाद सिर्जना गरि कार्यक्रम विथोल्ने प्रयास गरेको अध्यक्ष चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो,–‘राजनतिक विवादका विषयमा छलफल गर्नुछ भने मसंग समय लिनुस अनी बसेर संवाद गरौ, यसरी औपचारिक कार्यक्रमलाई भाड्न पाइन्दैन ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार