मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

बालकोटको बैठकमा प्रधानमन्त्री नगए पछि बैठक स्थगित

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बैठकमा अनुपस्थित भएका छन्
३ वैशाख २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बैठकमा अनुपस्थित भएका छन् । आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीनिवास बालकोटमा बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं नगएका हुन् ।

उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको तर अन्तिम समयमा अनेक बाहाना बनाएर बैठकमा सहभागी नभएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए ।

आज बिहान ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो । तर, बैठकका लागि भनेर सभामुखसहित एमाले नेताहरू सबैजना समयमै बालकोट पुगिसकेपछि प्रचण्डले आज बैठक बस्न नसक्ने जानकारी गराएका थिए ।

संसदमा विचाराधीन टीआरसी विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो । तर, प्रचण्ड र देउवा दुबै जना बैठकमा नगएपछि बैठक स्थगित भएकाे छ ।

एमालेले प्रमुख प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि तयार रहे पनि सरकारकै नेतृत्व भने आफैँले बैठक बोलाएर बैठकप्रति उदासीन हुनु र छलफल सम्वादलाई प्राथमिकता नदिनु दुःखद् विषय भएको टिप्पणी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार