मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बालकोटको बैठकमा प्रधानमन्त्री नगए पछि बैठक स्थगित

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बैठकमा अनुपस्थित भएका छन्
३ वैशाख २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बैठकमा अनुपस्थित भएका छन् । आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीनिवास बालकोटमा बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं नगएका हुन् ।

उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको तर अन्तिम समयमा अनेक बाहाना बनाएर बैठकमा सहभागी नभएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए ।

आज बिहान ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो । तर, बैठकका लागि भनेर सभामुखसहित एमाले नेताहरू सबैजना समयमै बालकोट पुगिसकेपछि प्रचण्डले आज बैठक बस्न नसक्ने जानकारी गराएका थिए ।

संसदमा विचाराधीन टीआरसी विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो । तर, प्रचण्ड र देउवा दुबै जना बैठकमा नगएपछि बैठक स्थगित भएकाे छ ।

एमालेले प्रमुख प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि तयार रहे पनि सरकारकै नेतृत्व भने आफैँले बैठक बोलाएर बैठकप्रति उदासीन हुनु र छलफल सम्वादलाई प्राथमिकता नदिनु दुःखद् विषय भएको टिप्पणी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार