मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छः गौडेल

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुरको शैक्षिक सुधार आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । नरैनापुर गाउँपालिका वडा नं.२ रोशनपुरुवामा आज घरदैलोमा पुगेका गौडेलले नरैनापुर शिक्षाको दृष्टिकोणबाट पछाडि परेको आफुले पाएको भन्दै नरैनापुरको शैक्षिक गुणस्तर सुधार आफ्नो प्राथमिकतामा रहेको बताए । 

उनले भने–‘हाम्रो प्रतिवद्धतापत्रमै नरैनापुरमा प्राविधिक धारको नमूना विद्यालयमा रुपान्तरण गरी कार्यक्रम संचालन गर्न पहल गर्ने उल्लेख गरिसकेका छौं । म निर्वाचित भए त्यसलाई कार्यान्वयनमा ल्याउनेछु ।’ उनले नरैनापुर गाउँपालिकामा पालिका अस्पतालको स्तरोन्नतिको प्रतिवद्धता पनि जनाएका छन् । मतदाताहरुले आफ्नो क्षेत्र शिक्षा र स्वास्थ्यबाट अत्यन्तै पछाडि परेको गुनासो सुनाउने गरेका छन् । त्यसको जवाफमा गौडेलले आफ्नो प्रतिवद्धतापत्रमै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाले सुधारका लागि पहल गर्ने बताएका छन् ।

 नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले काँग्रेस बदलिएर आएको र बदलिएको काँग्रेसले देश समेत बदल्ने बताए । सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र शहरी विकास, कृषि, उद्योग, व्यापार र रोजगारी आफ्नो प्राथमिकतामा रहेको पनि उनले बताए । नरैनापुर गाउँपालिका वडा नं.२ का काँग्रेस वडा कार्यसमितिका सभापति अकवाल अलि शेषको नेतृत्वमा रोशनपुरुवा, लक्षमणपुर लगायतका स्थानमा घरदैलो गरिएको छ । घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रिय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतका नेताहरु सहभागी छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार