मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छः गौडेल

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुरको शैक्षिक सुधार आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । नरैनापुर गाउँपालिका वडा नं.२ रोशनपुरुवामा आज घरदैलोमा पुगेका गौडेलले नरैनापुर शिक्षाको दृष्टिकोणबाट पछाडि परेको आफुले पाएको भन्दै नरैनापुरको शैक्षिक गुणस्तर सुधार आफ्नो प्राथमिकतामा रहेको बताए । 

उनले भने–‘हाम्रो प्रतिवद्धतापत्रमै नरैनापुरमा प्राविधिक धारको नमूना विद्यालयमा रुपान्तरण गरी कार्यक्रम संचालन गर्न पहल गर्ने उल्लेख गरिसकेका छौं । म निर्वाचित भए त्यसलाई कार्यान्वयनमा ल्याउनेछु ।’ उनले नरैनापुर गाउँपालिकामा पालिका अस्पतालको स्तरोन्नतिको प्रतिवद्धता पनि जनाएका छन् । मतदाताहरुले आफ्नो क्षेत्र शिक्षा र स्वास्थ्यबाट अत्यन्तै पछाडि परेको गुनासो सुनाउने गरेका छन् । त्यसको जवाफमा गौडेलले आफ्नो प्रतिवद्धतापत्रमै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाले सुधारका लागि पहल गर्ने बताएका छन् ।

 नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले काँग्रेस बदलिएर आएको र बदलिएको काँग्रेसले देश समेत बदल्ने बताए । सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र शहरी विकास, कृषि, उद्योग, व्यापार र रोजगारी आफ्नो प्राथमिकतामा रहेको पनि उनले बताए । नरैनापुर गाउँपालिका वडा नं.२ का काँग्रेस वडा कार्यसमितिका सभापति अकवाल अलि शेषको नेतृत्वमा रोशनपुरुवा, लक्षमणपुर लगायतका स्थानमा घरदैलो गरिएको छ । घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रिय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतका नेताहरु सहभागी छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार