मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

बाँकेमा इदको रौनक, नेपालगन्जमा सामूहिक नमाज

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

बाँके । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद(उल(फित्र (ईद) आज बाँकेमा पनि धूमधामका साथ मनाइँदै छ । बाँकेमा इदको रौनक छ । इस्लाम धर्मावलम्बीहरूले बिहान नेपालगञ्ज बिपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेर आपसमा अङ्कमाल गरी शुभकामना साटासाट गरेका छन्  । इदगाहमा नअटेपछि सडकमै बसेर समेत नमाज पढिएको छ । नमाजपछि देशमा शान्ति, समृद्धि र सद्भावका लागि विशेष प्रार्थना गरिएको मुस्लिम धार्मिक गुरुहरूले बताएका छन् ।

अन्य समुदायका व्यक्तिहरूले पनि इदगाह क्षेत्र पुगेर शुभकामना साटासाट गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायत इदगाहस्थल पुग्नुभएको थियो । जिल्ला तथा नगरका अन्य मस्जिदमा पनि सामूहिक नमाज पढिएको छ । बाँकेमा मुस्लिम समुदायको बाक्लो बसोबास छ ।

ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठुलो पर्व मध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद-उल फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

इदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्टान्न परिकार खाने–खुवाउने चलन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार