मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

लुम्बिनीको मुख्यमन्त्री डिल्ली चौधरीलाई बनाउन दाबी पेस

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
१२ चैत्र २०७९, आइतबार

दाङ । लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको बताउनुभयो ।

यसअघि, नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । यद्यपि, अल्पमतमा परे पनि मुख्यमन्त्री लीला गिरीले राजीनामा दिनुभएको छैन ।

सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । नेता चौधरीलाई नेपाली कांग्रेस, (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी, लोसपाका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी) का नेता भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गर्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार