मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

पालिकाको अनुदानमा मोलहुपुर्वामा बन्यो आकर्षक मस्जिद

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ४ मोलहुपुर्वामा आठ लाख लागतमा मस्जिद निर्माण गरिएको छ ।
२१ मंगशिर २०७८, मङ्गलबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ४ मोलहुपुर्वामा  आठ लाख लागतमा आकर्षक मस्जिद निर्माण गरिएको छ ।

डुडुवा गाउँपालिकाको अनुदानमा निर्माण भएको मस्जिदको पालिकाका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष सहिदा बानो र प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले आज निरिक्षण गर्नु भएको थियो । 

निरिक्षण गरेर फर्किने क्रममा युथ टुडे न्युज संग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले मुस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना भएको बताउनु भयो । आज मोलहुपुर्वा मस्जिदको निरीक्षण गर्दै उहाँले धर्मसंस्कृति संरक्षण र संर्वद्धन गर्ने दायित्व सरकारको भएको उल्लेख गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले मस्जिदका लागि पालिकाले ८ लाख बजेट विनियोजन गरेको जानकारी दिदै भन्नु भयो उक्त बजेटबाट आकर्षक मिनार सहितको मस्जिद निर्माण गरिएको छ । 

पालिका अध्यक्ष चौधरीले मुस्लिम समुदायको उत्थान र विकासका लागि पालिकाले विभिन्न वडामा रहेका मस्जिद र मदरसाहरुको संरचना निर्माण गर्दै आएको बताउनु भयो । 

यसै गरी डुडुवा ६ भन्घोटनामा रहेको सरस्वती माध्यमिक विद्यालयमा २६ लाख लागतमा दुई कोठे पक्की आरसिसि भवन निर्माण सम्पन्न भए पछि पालिका अध्यक्ष चौधरीको नेतृत्वमा उक्त विद्यालयको निरिक्षण गरिएको थियो । विद्यालयको निरिक्षण गर्दै पालिका अध्यक्ष चौधरीले, विद्यार्थी सहभागिता बढ्न नसकेकाले अनिवार्य भर्ना अभियान चलाउनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयले राम्रो पाठ्यक्रमको विकास गरी निजी विद्यालयसँग गुणस्तरीय प्रतिस्पर्धा गर्न उहाँले सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार