मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

पालिकाको अनुदानमा मोलहुपुर्वामा बन्यो आकर्षक मस्जिद

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ४ मोलहुपुर्वामा आठ लाख लागतमा मस्जिद निर्माण गरिएको छ ।
२१ मंगशिर २०७८, मङ्गलबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ४ मोलहुपुर्वामा  आठ लाख लागतमा आकर्षक मस्जिद निर्माण गरिएको छ ।

डुडुवा गाउँपालिकाको अनुदानमा निर्माण भएको मस्जिदको पालिकाका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष सहिदा बानो र प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले आज निरिक्षण गर्नु भएको थियो । 

निरिक्षण गरेर फर्किने क्रममा युथ टुडे न्युज संग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले मुस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना भएको बताउनु भयो । आज मोलहुपुर्वा मस्जिदको निरीक्षण गर्दै उहाँले धर्मसंस्कृति संरक्षण र संर्वद्धन गर्ने दायित्व सरकारको भएको उल्लेख गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले मस्जिदका लागि पालिकाले ८ लाख बजेट विनियोजन गरेको जानकारी दिदै भन्नु भयो उक्त बजेटबाट आकर्षक मिनार सहितको मस्जिद निर्माण गरिएको छ । 

पालिका अध्यक्ष चौधरीले मुस्लिम समुदायको उत्थान र विकासका लागि पालिकाले विभिन्न वडामा रहेका मस्जिद र मदरसाहरुको संरचना निर्माण गर्दै आएको बताउनु भयो । 

यसै गरी डुडुवा ६ भन्घोटनामा रहेको सरस्वती माध्यमिक विद्यालयमा २६ लाख लागतमा दुई कोठे पक्की आरसिसि भवन निर्माण सम्पन्न भए पछि पालिका अध्यक्ष चौधरीको नेतृत्वमा उक्त विद्यालयको निरिक्षण गरिएको थियो । विद्यालयको निरिक्षण गर्दै पालिका अध्यक्ष चौधरीले, विद्यार्थी सहभागिता बढ्न नसकेकाले अनिवार्य भर्ना अभियान चलाउनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयले राम्रो पाठ्यक्रमको विकास गरी निजी विद्यालयसँग गुणस्तरीय प्रतिस्पर्धा गर्न उहाँले सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार