मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

रुस-युक्रेन युद्ध अन्त्यको माग गर्दै काठमडौंमा प्रदर्शन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडौंस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ ।
२८ असार २०८०, बिहीबार

काठमाडौं । सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडौंस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ ।

आज दिउँसो सम्पन्न प्रदर्शनमा ‘रुस स् तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिनः मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘युद्धको ५०५ दिनः इतिहास लज्जित’, ‘रुसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु’, ‘करोड बढी शरणार्थीरआन्तरिकरूपमा विस्थापित’, ‘खरबौँको क्षति, युद्ध लम्बिँदै छ’, ‘मानवता पराजित हुँदैछ’ लगायतका प्लेकार्ड प्रदर्शन गर्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरिएको थियो ।

प्रदर्शनपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावासका अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।

ज्ञापनपत्रमा युद्धका कारण मानवता पराजित भइरहेको दुःखद् अनुभव शान्ति समाजले गरेको उल्लेख गर्दै सन् २०२२ को फेबु्रअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तत्काल अन्त्य गर्न पुनः आग्रह गरिएको सभापति रामकृष्ण बरालले राससलाई जानकारी दिए ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, महासचिव रेनुका पौडेल, शान्तिवादीहरू डा केदारनरसिंह केसी, सुदर्शन सिग्देल, रत्नलक्ष्मी श्रेष्ठ, चन्द्रमणि बञ्जारा, बलबहादुर गाहा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, जगन्नाथ पुडासैनी, भगवान् पुडासैनी, विकास थापा, ईश्वर पुडासैनी, जयराम पुडासैनी, ईश्वर नेपाल, प्राची खनाल, रीता अधिकारी, आरसी भण्डारी, मणिराम दाहाल, गौतम खड्का, हिरामणि खनाललगायत चार दर्जन शान्तिवादीको सहभागिता रहेको जनाइएको छ ।

यसैगरी आजै रुसलाई तत्काल युुद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, सङ्खुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवालगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाले प्रदर्शन गरेको जनाइएको छ ।

शान्ति समाजले ‘युद्ध निषेधः शान्ति विशेष’ भन्ने आह्वानसहित २७ वर्षदेखि युद्ध र आणविक अस्त्रको विरोधमा अभियान सञ्चालन गर्दै आएको छ । विगतमा रुसलाई युद्ध रोक्न आग्रहसहित काठमाडौंस्थित रुसी राजदूतावास अगाडि पटकपटक र देशभरि एक सयभन्दा बढी प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार