मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाजुराका सिडिओ र दुई डिएसपीलाई कारबाही गर्न निर्वाचन आयोगको निर्णय

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
निर्वाचन आयोगले सिडिओ उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका डिएसपी चर्तुभुज ओझा र सशस्त्र प्रहरीका डिएसपी दीपक बिष्टलाई कारबाही सिफारिस गरेको छ ।
१२ जेठ २०७९, बिहीबार

काठमाडौं । निष्पक्षताका साथ चुनाव गराउन नसकेको आरोपमा बाजुराका सिडिओ र दुई डिएसपीलाई कारबाही हुने भएको छ । निर्वाचन आयोगले सिडिओ उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका डिएसपी चर्तुभुज ओझा र सशस्त्र प्रहरीका डिएसपी दीपक बिष्टलाई कारबाही सिफारिस गरेको छ ।

बुढीगंगा नगरपालिकामा मतदानस्थल नै छाडेर सुरक्षाकर्मी हिडेका थिए । जसकारण त्यहाँ बुथकब्जा भएको थियो । त्यसमा सिडिओ र प्रहरीको असक्षमता प्रमुख कारण भएको भन्दै उनीहरुलाई निर्वाचन कानूनअनुसार कारबाही गरी हटाउन आयोगले सिफारिस गरेको थियो । उनीहरुलाई हटाएर नयाँ प्रमुख पठाएर फेरि मतदान गराउने निर्णय निर्वाचन आयोगले गरेको छ ।

त्यहाँ एमाले कार्यकर्ता हतियारसहित मतदान केन्द्रमा पुगेर बुथ कब्जा गरेको आरोप अन्य दलले लगाएका छन् । एमाले नेता कर्ण थापाले त्यसरी बुथ कब्जा गरेका थिए । निर्वाचन आयोगले गरेको छानबिनमा मृत्यु भइसकेका व्यक्तिको नाममा समेत मतदान गरिएको खुलेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार