मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

करको दर निर्धारणमा अनधिकृत व्यक्तिले प्रवेश नगरेको संसदीय समितिको निष्कर्ष

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
बजेट निर्माणका अनधिकृत व्यक्तिको संलग्नता प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
१३ श्रावण २०७९, शुक्रबार

काठमाडौं । बजेट निर्माणका अनधिकृत व्यक्तिको संलग्नता प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।

समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । प्रतिनिधि सभामा पेस गरिएको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सादर्भिक नरहेको समितिले बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ।’

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि प्रतिनिधि सभा बैठक भने स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार