मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

करको दर निर्धारणमा अनधिकृत व्यक्तिले प्रवेश नगरेको संसदीय समितिको निष्कर्ष

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बजेट निर्माणका अनधिकृत व्यक्तिको संलग्नता प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
१३ श्रावण २०७९, शुक्रबार

काठमाडौं । बजेट निर्माणका अनधिकृत व्यक्तिको संलग्नता प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।

समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । प्रतिनिधि सभामा पेस गरिएको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सादर्भिक नरहेको समितिले बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ।’

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि प्रतिनिधि सभा बैठक भने स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार