मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

ढलेको राजतन्त्र फर्कन सम्भव छैन, जनता गणतन्त्रप्रति गौरव गर्छन् : विप्लव

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रविरुद्ध सामन्ती तत्त्वहरूले षड्यन्त्र गरिरहेको भन्दै नेपाली जनताले अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला भएको बताएका छन् । 

शुक्रवार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले गणतन्त्र आएपछि केही मान्छेहरूको उठीबास भएको बताए । उनले दुई वटा दुस्मनविरुद्ध सँगै लडेको भन्दै सामन्तवादको बन्धनलाई नेपाली जनताले उठ्नै नसक्ने गरी परास्त गरेर गणतन्त्र आएको बताए । 

‘जसले हारे, सत्ता गुमाए, स्वर्गको आनन्द भङ्ग भएको महसुस गरे उनीहरू विदेशी शक्तिको आडमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ’, विप्लवले भने– ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन्, केही मान्छे प्रतिगामीहरू राजतन्त्र फर्काउन प्रयास गरिरहेका छन् हामीलाई सामन्तीहरूको खाँचो छैन ।’ नेता विप्लवले गणतन्त्रवादीहरुले आफ्ना कमजोरी सच्च्याउँ अघि बढ्नुपर्नेमा जोड दिए । उनले समाजवादले मात्र किसान, युवा विद्यार्थीका समस्या समाधान गर्ने भन्दै भइरहेका खेलहरूबाट विचलित हुन आवश्यक नभएको बताए । ‘नेपालमा ढलेको ध्वस्त भएको शासन आउन सम्भव छैन’, उनले भने, ‘धेरै मच्चिन जरुरी छैन मच्चिए थच्चिनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार