मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

“भ्रष्टाचारको अड्डा बनेको डुडुवा गाउँपालिका, आन्दोलनले माग्यो नेतृत्वको राजीनामा”

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा युवाहरुले भ्रष्टाचार र अनियमितता विरुद्ध आन्दोलित हुँदै पालिका कार्यालयमै कडा प्रदर्शन गरेका छन्। कार्यालयभित्र लाखौं मूल्य बराबरको मदिरा फेला परेपछि स्थानीय आक्रोशित बनेका हुन् ।

स्थानीय युवाहरुको अगुवाइमा गरिएको प्रदर्शनका क्रममा पालिका अध्यक्ष र उपाध्यक्षको राजीनामा माग गरिएको छ। उनीहरूले पालिकालाई “भ्रष्टाचारको केन्द्र” भएको आरोप लगाउँदै तत्काल पदत्याग नगरेसम्म आन्दोलन अझ उग्र पारिने चेतावनी दिएका छन्।

युवाहरुले कार्यालयभित्र मदिरा जम्मा गरेर राखिएको तस्बिर र प्रमाण सार्वजनिक गरेपछि घटनाले ठूलो रुप लिएको हो। उनीहरूको भनाइमा, “जनताको करबाट चल्ने कार्यालयमा यस्तो अवैध कारोबार हुनु पालिका नेतृत्वकै संलग्नता बिना सम्भव छैन।”

आन्दोलनकारीहरूले पालिकाको ढोका अगाडि नारा लगाउँदै “भ्रष्टाचारी नरेन्द्र चौधरी मुर्दावाद” र “जनताको पैसा जनतामै खर्च गर” जस्ता नारासहित जुलुस निकालेका थिए। प्रहरीले सुरक्षालाई कडाइ गरे पनि युवाहरुले कार्यालयमा तोडफोड वा आगजनी हुन नदिएको जनाइएको छ । साथै पालिकाको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरिएको छ 

यसअघि पनि डुडुवा गाउँपालिकामा अनियमित खर्च, योजना वितरणमा पक्षपात र कर्मचारी मनपरीको गुनासो आइरहेको थियो। तर, यसपटक कार्यालयभित्रै ठूलो मात्रामा मदिरा भेटिएपछि आन्दोलन झनै चर्किएको छ।

आन्दोलनकारीहरूले स्थानीय जनप्रतिनिधिहरूले नै भ्रष्टाचारलाई संरक्षण गर्दै आएको आरोप लगाएका छन्। उनीहरू भन्छन्, “यदि छानबिन नगरी नेतृत्वलाई उही पदमा बस्न दिइयो भने डुडुवाका जनता सडकमै रहनेछन्।”

यसबीच, जिल्ला प्रशासन कार्यालय बाँकेले घटनाबारे प्रारम्भिक जानकारी लिएको र आवश्यक कारबाहीका लागि अनुसन्धान अघि बढाइने बताएको छ।

प्रतिक्रिया

Pankaj Kumar ३ अशोज २०८२, शुक्रबार

Raj

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार