मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

रेशम चौधरीलाई ‘आम माफी’ दिने तयारी

महमूद आलम खान 1133+ समाचार ( )
उनलाई यही जेष्ठ १५ गते ‘गणतन्त्र दिवस’को अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी कार्य अघि बढाइएको हो ।
११ जेठ २०८०, बिहीबार

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिने तयारी गरेको छ । त्यसका लागि गृह मन्त्रालयबाट निवेदन राष्ट्रपति कार्यालयमा पुगेको छ ।

२०७२ भदौं ७ टिकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी सजाय माफी दिन लागिएको हो । उनलाई यही जेष्ठ १५ गते ‘गणतन्त्र दिवस’को अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी कार्य अघि बढाइएको हो ।

बुधबार गृहमन्त्रालयले राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी फाइल पठाएको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले पुष्टि गरेका छन् । उनले रेशम चौधरीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा बुधबार फाइलहरू आएको कानुनका सहसचिवबाट जानकारी पाएको बताएका छन् । तर, बिहीबार (आज) सार्वजनिक विदा भएकाले फाइल अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

रेशम चौधरी २०७४ साल १५ फागुनदेखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए चौत्ररीले १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार