मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नो सपना हो - प्रचण्ड

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नो सपना भएको बताएका छन् । तर एकथरी मानिस प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयासमा लागिरहेको उनले बताए । 

‘उपलब्धि उल्ट्याउन खोज्नेहरूले राजा चाहियो भन्न खोज्छन् । हामी यो अभियानमै भएका बेलामा काठमाडौँमा एकखालको स्याल हुइयाँ चल्यो । लौ नारायणहिटी पसाउने रे ज्ञानेन्द्रलाई भनेजस्तो’, आइतबार बाँकेको राप्ती सोनारीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘त्यो सम्भव त थिएन तर पनि मान्छेलाई भ्रम दिने कोसिस गरियो ।’

त्यस्तो भ्रम फैलाएपछि आफूहरूले अभियान नै रोकेर चैत १५ गते १ लाख जनता विशाल प्रदर्शन गरेको र दुनियाँले प्रशंसा गरेको प्रचण्डले बताए । 

‘त्यही दिन राजावादीहरूले तीनकुनेमा राखेको कार्यक्रममा हत्या हिंसा र लुटपाट भयो’, प्रचण्डले भने, ‘माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो ।’ उनले त्यस्तो दुस्साहस नगर्न पनि राजावादीलाई चेतावनी दिए ।

यसैगरी प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या सम्बोधन गर्नतर्फ नलागेर अपमान गरिरहेको आरोप पनि लगाए । प्रचण्डले शिक्षकका सवालमा सरकारले जिम्मेवारीपूर्वक काम नगरेको बरु अपमान गर्नतिर लागेको बताएका हुन् । 

‘अहिले शिक्षकहरू हडताल र आन्दोलनमा हुनुहुन्छ । शिक्षा क्षेत्रमा नयाँ नीति बनाउन म प्रधानमन्त्री भएका बेलामा शिक्षा विधेयक समितिमा पुगेको थियो’, प्रचण्डले भने, ‘तर यो सरकारले जिम्मेवारीपूर्वक काम गरेको छैन, शिक्षकहरूलाई अपमानित गरेको छ ।’

उनले शिक्षकहरूका सवालमा सर्वोच्च अदालतले समेत ३ दिनभित्र माग पूरा गरेर उनीहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन आदेश दिएको बताए । उनले आफूलेसमेत समस्या समाधानमा मन्त्री र शिक्षकहरूसँग छलफल गरिरहेको भन्दै बरु प्रधानमन्त्रीको रवैया समस्या समाधान गर्नेतिर नभएको बताए । 

‘प्रधानमन्त्रीको रवैया समस्या झन् बल्झाउनेतिर, झन् समस्या थुपार्नेतिर छ । जनतालाई सताउनेतिर मात्र अघि बढेको छ’, प्रचण्डको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार