मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

बाँके । बाँकेको डुडुवा गााउपालिका ६ भनघोटनास्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत तिन सय भन्दा बढी विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लाइन्स क्लब अफ बाँकेले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारका लागि सहयोग गर्न विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूको टोलीले ३३५ जना विद्यार्थीहरुको चेकजाँच गर्ने कार्य गरेको शिक्षिक माधवी शाह सुबेदीले जानकारी दिनु भयो । 

स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको लायन्स क्लब अफ बाँकेले तिन सय विद्यार्थीहरूको स्वास्थ्य चेकजाँच गरी निःशुल्क औषधि दिएको र केही जटिल प्राकृतिका विद्यार्थीहरुलाई रिफर गरिएको आयोजकले जनाएको छ ।

लायन्सका अध्यक्ष प्रिन्सु जयनले विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारमा सहयोग गर्नका लागि स्वास्थ्य परीक्षण गर्ने कार्य भएको बताउनुभयो । कुल स्वास्थ्य चेकजाँच गरिएका विद्यार्थीहरूमध्ये दुई जना आँखाका विारमीलाई जनालाई आँखा अस्पतालमा र कानको समस्या देखिएका २२ जनालाई ब्रिनोज कान स्वास्थ्य सामूदायिक सेवा केन्द्र फुल्टेक्रा रिफर गरिएको छ ।  स्वास्थ्य चेकजाँच गरिएका विद्यार्थीहरूमध्ये २४ जना बाहेक अन्यको अवस्था भने सामान्य रहेको पाइएको छ । 

स्वास्थ्य परीक्षणका लागि भिजन आँखा अस्पताल र ब्रिनोज कान उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण गरिएको हो । बिद्यार्थीहरुको उपचार अस्पतालमा पुगेर गरेको भन्दै प्राधानाध्यापक ज्वाला प्रसाद रेग्मीले लायन्सलाई धन्यबाद दिनु भएको थियो । लायन्सले शिक्षिक सुबेदीलाई सम्मान गरेको शशी स्वाँरले जनाकारी दिनु भयो । शिविरमा लायन्सका मुकुन्द ढकाल,ज्ञानेन्द्र श्रेष्ठ,शशी स्वाँर, कृष्ण प्रसाद श्रेष्ठ,गुनजन सोनिया, प्रकाश लामिछाने,जितेन्द्र जोशी,ऋदि करण सिंह, बिद्यालयका शिक्षकहरु विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार