मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

बाँके । बाँकेको डुडुवा गााउपालिका ६ भनघोटनास्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत तिन सय भन्दा बढी विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लाइन्स क्लब अफ बाँकेले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारका लागि सहयोग गर्न विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूको टोलीले ३३५ जना विद्यार्थीहरुको चेकजाँच गर्ने कार्य गरेको शिक्षिक माधवी शाह सुबेदीले जानकारी दिनु भयो । 

स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको लायन्स क्लब अफ बाँकेले तिन सय विद्यार्थीहरूको स्वास्थ्य चेकजाँच गरी निःशुल्क औषधि दिएको र केही जटिल प्राकृतिका विद्यार्थीहरुलाई रिफर गरिएको आयोजकले जनाएको छ ।

लायन्सका अध्यक्ष प्रिन्सु जयनले विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारमा सहयोग गर्नका लागि स्वास्थ्य परीक्षण गर्ने कार्य भएको बताउनुभयो । कुल स्वास्थ्य चेकजाँच गरिएका विद्यार्थीहरूमध्ये दुई जना आँखाका विारमीलाई जनालाई आँखा अस्पतालमा र कानको समस्या देखिएका २२ जनालाई ब्रिनोज कान स्वास्थ्य सामूदायिक सेवा केन्द्र फुल्टेक्रा रिफर गरिएको छ ।  स्वास्थ्य चेकजाँच गरिएका विद्यार्थीहरूमध्ये २४ जना बाहेक अन्यको अवस्था भने सामान्य रहेको पाइएको छ । 

स्वास्थ्य परीक्षणका लागि भिजन आँखा अस्पताल र ब्रिनोज कान उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण गरिएको हो । बिद्यार्थीहरुको उपचार अस्पतालमा पुगेर गरेको भन्दै प्राधानाध्यापक ज्वाला प्रसाद रेग्मीले लायन्सलाई धन्यबाद दिनु भएको थियो । लायन्सले शिक्षिक सुबेदीलाई सम्मान गरेको शशी स्वाँरले जनाकारी दिनु भयो । शिविरमा लायन्सका मुकुन्द ढकाल,ज्ञानेन्द्र श्रेष्ठ,शशी स्वाँर, कृष्ण प्रसाद श्रेष्ठ,गुनजन सोनिया, प्रकाश लामिछाने,जितेन्द्र जोशी,ऋदि करण सिंह, बिद्यालयका शिक्षकहरु विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार