मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
नरैनापुरमा महिला हिंसाको घटनामा बृद्धि भएको प्रति चिन्ता व्यक्त
२५ फाल्गुन २०८०, शुक्रबार

बाँके । ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । 

नरैनापुर गाँउपालिकाको महिला तथा बालबालिका शाखाको आयाजना एंव बि ग्रुपको सहकार्यमा भएको कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने जिकिर गर्नु भयो ।

उपाध्यक्ष श्रीवस्तवले महिलामाथि हुने हिंसा दुव्र्यवहार नियन्त्रण र महिलाहरूको अधिकार सुनिश्चत गर्नको लागि नरैनापुर गाँउपालिका प्रतिबद्ध रहेको बताउदै उहाँले महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाही गर्ने दायित्व राज्यको भएको बताउनु भएको थियो । 

महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा चन्दले यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ बताउदै उहाँले विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको जानकारी गराउनु भएको थियो । उहाँले नरैनापुरमा पछिल्लो समयमा आत्महत्या, दाइजोका कारण महिलालाई यातना दिने जस्ता घटना बढदै गएको प्रतिचिन्ता व्यक्त गर्दै उक्त घटनाहरुलाई नियन्त्रण गराउन तर्फ सरोकारवालाले भूमिका निर्वाह गर्न जरुरी रहेको जिकिर गर्नु भएको थियो । 

यस्तै इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख राजन रायमाझीले महिलाहरू अझै पनि सामाजिक कुरीति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सबै एकजुट हुन आग्रह गर्नु भयो । उहाँले महिलाहरुलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

नरैनापुरमा महिला दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरी सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको कार्यक्रममा नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, सशस्त्र प्रहरी निरिक्षक छवि कुवर, कार्यपालिका सदस्य सन्तोष श्रीवस्तव, नरैनापुरका प्रेस विज्ञ आलम खान, नरैनापुरमा कार्यरत मुकद्दर अलि मुकेरी, प्रधानाध्यपक राजु मुकेरी लगायतले बोल्नु भएको कार्यक्रममा दुई सय भन्दा बढी महिला बालबालिकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन राजन बर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार