मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

घरदैलोदेखि जेन–जीसम्म बिष्टको प्रभाव,बाँके–२ मा अग्रता

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
जनताको भरोसा बिष्टतर्फ : बाँके–२ मा परिवर्तनको संकेत
११ माघ २०८२, शनिबार

नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका युवा उम्मेदवार दिपेन्द्र बिष्टले जेन–जी युवाहरूसँग बसेर खुला संवाद गर्दै उनीहरूको आवाज प्रत्यक्ष रूपमा सुन्नु भएको छ। प्रविधि, अवसर र भविष्यको खोजीमा रहेको पुस्ताका सवाललाई केन्द्रमा राख्दै बिष्टले युवाको चिन्ता र अपेक्षाप्रति आफू गम्भीर रहेको स्पष्ट पार्नुभयो।

छलफलका क्रममा जेन–जी युवाहरूले रोजगारी, सीप विकास, डिजिटल अवसर, शिक्षा प्रणाली, उद्यमशीलता र पारदर्शी शासन जस्ता मुद्दा उठाएका थिए ।

“हामीलाई भाषण होइन, अवसर चाहिन्छ”—युवाहरूको यही सन्देश छलफलको मूल स्वर बनेको थियो।

युवाको कुरा ध्यानपूर्वक सुन्दै उम्मेदवार बिष्टले भन्नुभयो,

“जेन–जी केवल भोलिको भविष्य होइन, आजकै शक्ति हो। तपाईंहरूको हरेक सवाल मेरो एजेन्डाको केन्द्रमा छ।”

उहाँले नीति निर्माणदेखि निर्णय प्रक्रियासम्म युवालाई सक्रिय रूपमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बिष्टले डिजिटल सीप अभिवृद्धि, स्टार्टअप प्रवर्द्धन, प्रविधिमैत्री शासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै जेन–जीको सोच र ऊर्जालाई राज्यको योजनासँग जोड्ने धारणा राख्नुभयो।

छलफलमा सहभागी जेन–जी युवाहरूले बिष्टलाई आफ्नै पुस्ताको भाषा बुझ्ने, सुन्ने र जवाफ दिने नेताका रूपमा लिएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार खुला संवाद र स्पष्ट धारणा प्रस्तुत गर्ने शैलीले भरोसा बढाएको छ।

जेन–जीसँग प्रत्यक्ष संवादमार्फत बिष्टले बाँके–२ मा नयाँ राजनीतिक संस्कृतिको संकेत दिएका छन्, जहाँ युवा केवल मतदाता होइन, नीति निर्माणका साझेदार बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार