मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

कोहलपुरको हिरासत कक्षमा थुनुवाको मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।
११ जेठ २०७९, बुधवार

बाँके । बाँकेको प्रहरी हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेका हुन् । उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा मृत्यु भेटिएको प्रहरीले जनाएको छ ।

हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि–सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको जानकारी दिए ।

घटना शंकास्पद भएको भन्दै छानबिनका लागि आफन्तहरूले दवाब दिन नेपालगञ्जमा विरोध प्रर्दशन गरेका छन् । केही दिनअघि मात्रै नेपालगञ्ज–२ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको ट्वाइलेटमै झुण्डिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार