मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बाँकेमा प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागु

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

बाँके १० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार जिल्लाका १३९ मतदान स्थलको सुरक्षाका लागि व्यापक जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरीका ११ सय, सशस्त्र प्रहरीका ८ सय, नेपाली सेनाका ५ सय ५३ तथा निर्वाचन प्रयोजनका लागि २५ सय जना निर्वाचन प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो ।

रेडियो नेपालसँगको कुराकानीमा प्रजिअ तामाङले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन तथा समन्वय कार्य पूरा भइसकेको स्पष्ट पार्नुभयो । बाँके खुला सिमानासँग जोडिएको जिल्ला भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय र छलफल सम्पन्न भइसकेको उहाँको भनाइ छ ।

निर्वाचन अवधिभर सीमा क्षेत्र पूर्ण रूपमा बन्द गरिनेछ भने सीमामा भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीले संयुक्त रूपमा कडा निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

“सुरक्षा व्यवस्था मजबुत छ, नागरिकहरू ढुक्क भएर मतदानमा सहभागी हुनुस्,” प्रजिअ तामाङको अपिल छ ।

यसैबीच, निर्वाचन आचारसंहिता अनुगमन जिल्ला समितिका अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले निर्वाचन सम्पन्न गर्न खटिने कर्मचारीलाई तालिम दिन थालिएको जानकारी दिनुभयो । आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउन नियमित अनुगमन भइरहेको र हालसम्म ३० वटा उजुरी प्राप्त भएको उहाँले बताउनुभयो ।

उजुरीका आधारमा सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराउने काम गरिएको पनि खत्रीले जानकारी दिनु भयो ।

समग्रमा, सुरक्षा व्यवस्थापन, आचारसंहिता अनुगमन र कर्मचारी तयारीसँगै बाँकेमा निर्वाचन वातावरण क्रमशः व्यवस्थित र अनुशासित बन्दै गएको देखिएको छ । अब मतदाताको सक्रिय सहभागितासँगै फागुन २१ को मतदान शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार