मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

निर्वाचनपछि समग्र महिलाहरुको उन्नती मेरो प्राथमिकतामा रहन्छ - कस्मिरा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बाँके क्षेत्र नं. २ ख बाट नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बनेका अकल बहादुर बमले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउदै अवस्था बदलिनका लागि माओबादीलाई मतदान गरी विजय गराउन आग्रह गर्नु भयो ।
१३ कार्तिक २०७९, आइतबार

नेपालगंज । नेकपा माओबादी केन्द्र कि नेतृ एंव लुम्बनी प्रदेश सभा सदस्य समानुपातिक पदकि उम्मेदवार कालि मियाँ (कस्मिरा) ले सदियौंदेखि विभेदमा रहँदै आएको मधेशी जनजाति, मुस्लिम महिला लगायतलाई हक अधिकारबाट अब कसैले वञ्चित गर्न नसक्ने बताउनु भएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. ८ मा चुनाव प्रचार प्रचारका लागि सम्पर्क कार्यालयको उद्धघटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य समानुपातिक पदकि उम्मेदवार कस्मिराले मुलुकमा भएका ठूला ठूला आन्दोलनहरूले शासक मात्र परिवर्तन गर्दै आए पनि १० वर्षिय जनयुद्धले शासन व्यवस्था नै परिवर्तन गरेको उल्लेख गर्दै शोषित उत्पीडित समुदाय अब अधिकार सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश सभा सदस्य समानुपातिक पदकि उम्मेदवार कस्मिराले भन्नुभयो ‘निर्वाचनपछि समग्र महिलाहरुको उन्नती मेरो प्राथमिकतामा रहन्छ ।’ सासंदले कानुन बनाउने मुख्य काम भएकोले महिलाहरुले अर्थोपार्जन गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका कामलाई प्राथमिकता दिनेगरी कानुन निर्माण गर्नमा पहल गर्ने कस्मिराको भनाई छ । मुस्लिम समूदायबाट एक्कल महिला उम्मेदवारको रुपमा कस्मिरा रहनु भएको छ । 

बाँके क्षेत्र नं. २ ख बाट नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बनेका अकल बहादुर बमले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउदै अवस्था बदलिनका लागि माओबादीलाई मतदान गरी विजय गराउन आग्रह गर्नु भयो । उहाँले क्षेत्र नं.२ का जनताहरूले माओबादी केन्द्र प्रति देखाएको आशा विश्वासलाई आफूहरू सदैव सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बाँके क्षेत्र नं. २ ख बाट नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बनेका अकल बहादुर बमले मधेशका हजारौं नागरिक अझै नागरिकताविहीन रहेको बताउँदै मधेशीहरूबाट डराएका शासकहरू उनीहरूलाई नागरिकताबाट वञ्चित बनाइरहेको उल्लेख गर्नु भयो ।  उहाँले नागरिकता विहीनहरूका लागि अझै संघर्ष गर्नुपर्ने जिकिर गर्नु भएको थियो । कार्यक्रममा बमले शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र माओबादी केन्द्र मात्र रहेको दाबी गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार