मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खेलकुद मन्त्री अथक कोहलपुरमा महिला क्रिकेट एकेडेमीको शनिबार शिलान्यास गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
शनिवार र आइतवार जिल्लामा आयोजना हुने दुई वटा महत्वपुर्ण खेलसम्बन्धि कार्यक्रममा सहभागि हुन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके आउनु भएको छ ।
३ मंगशिर २०७८, शुक्रबार

बाँके । शनिवार र आइतवार जिल्लामा आयोजना हुने दुई वटा महत्वपुर्ण खेलसम्बन्धि कार्यक्रममा सहभागि हुन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके आउनु भएको छ ।

मन्त्री अथकले शनिवार विहान नेपालगन्जमा आयोजना गरिने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने आइतवार बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक संगीन शर्माले बताउनुभयो ।

मन्त्रीको पदभार ग्रहण गरे लगत्तै उहाँले पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमीको निर्माण गर्ने निर्णय गर्नु भएको थियो । सोही एकेडेमीको सिलन्यास आईतबार बिहान ९ बजे गर्ने कार्यक्रम रहेको छ ।

तिन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुकासाथै आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गरेर जनतासंग भेटघाट गर्ने कार्यक्रम समेत रहेको प्रेस संयोजक शर्माले बताउनुभयो ।

नेपालगञ्जमा पनि क्रिकेट मैदान नहुँदा खेलाडीलाई लामो समयदेखि प्रशिक्षण लगायत खेल खेल्न समेत समस्या भैरहेकोले नेपालगञ्जमा पनि एउटा क्रिकेट मैदानको निर्माण गर्नु पर्ने खेलाडीको माग रहँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार