मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न नरैनापुरको माग

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाँउपालिकाले गर्ने कार्यपालिको निर्णय
२६ मंगशिर २०७९, सोमबार

बाँके ।  नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ । 

नरैनापुर गाँउपालिकाको कार्यपालिकाको आज बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । 

हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाँउपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । 

‘नरैनापुर गाँउपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार गाँउापालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ । इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाँउपालिकाले गर्ने छ ।’

कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको अध्यक्ष शाहको गुनासो छ । ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उहाँले भन्नुभयो, ‘गाँउगाँउमा सिंघदरबार नाममा मात्र सिमित बन्यो ।’ उहाँका अनुसार विकास निर्माण लगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरे पनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेका छन् । 

प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर–५ का अध्यक्ष कृष्ण चन्द्र मार्यले  बताउनुभयो । वडा नं. १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामदेखि ५५ किमीको दूरीमा रहेको सुईया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष जयन्तीदेबी श्रीवस्तव, वडा अध्यक्षहरु क्रमशः इसाक जोलहा,मसूद अहमद शाह,मनोज शर्मा,कृष्ण चन्द्र मौर्य, प्रेम चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार