मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा जनकलाल चौधरी हाजिर

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

बाँके, ७ चैत्र । नरैनापुर गाँउपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत गरिएको छ । बुधवार गाउँपालिकाको सभाहलमा भएको स्वागत सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवले नेपाली ढाका टोपी र फुल माला लगाएर स्वागत गरेका हुन् ।

थारुको गत फाल्गुन २७ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो ।

यता नरैनापुरमा आएका चौधरी यस अघि डोटीको आर्दश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत थिए ।

नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडाध्यक्ष मसूद अहमद शाह, मनोज शर्मा, वडा सदस्यहरु र कार्यालयका कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई स्वागत गरेका थिए ।

उपाध्यक्ष श्रीवास्तवले भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन आग्रह गरिन । नरैनापुरलाई राम्रो नरैनापुर बनाउन अधिकृतको भुमिका मुख्य रहने भएकाले यसलाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।

गाउँपालिकामा हाजीर हुदै प्रमुख प्रशासकीय अधिकृत चौधरीले गाउँपालिकाको बसाई अवधीभर गाउँपालिकाको विकास,समृद्धि र सुशासनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर केही गर्न नसक्ने भन्दै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारी सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने सबैको योगदान र त्याग बाट गाउँपालिकाले लिएको लक्ष्यमा पुग्न सक्ने भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार