मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

दोलखामा बाढीपहिरोमा परी एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका ९ मा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा रहेका छन् ।

मङ्गलवार राति गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएको हो । अन्य चार जना जोखिमपूर्ण स्थानमा रहेको गौरिशंकर गाउँपालिका वडा नं ९ का अध्यक्ष  ङिमगेली शेर्पाले जानकारी दिए ।

बाढीले चसमानको गाई बाख्राको गोठसहित बगाएको छ । त्यस्तै बाढीका कारण सिप्रिङ खोला जलबिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केको र त्यस ठाउँ पनि असुरक्षित रहेका छन् । खोलामा अहिले पनि लगातार बाढी आइरहेका कारण उनीहरूको उद्धार कठिन भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले घटनास्थलमा प्रहरी पुग्दै गरेको जानकारी दिए । डीएसपी लामाका अनुसार दुर्गम भएको र पैदलै प्रहरी पुग्नुपर्ने भएकाले घटनास्थल पुग्न केही समय लाग्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार