मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

बाँके २ मा इस्तियाक राई चुनौतिको घेरामा, अब्दुल हन्नान पनि चुनाबी मैदानमा

यूथ टुडे समाचारदाता 3516+ समाचार ( )
मंसिर ४ गते हुने निर्वाचनका लागि बाँकेमा पनि विभिन्न पार्टीका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । बाँके क्षेत्र नम्बर २ मा विभिन्न पार्टीका शीर्षस्थ नेताको उम्मेदवारीले राजनीतिक माहोल तातेको छ ।
२० कार्तिक २०७९, आइतबार

बाँके । मंसिर ४ गते हुने निर्वाचनका लागि बाँकेमा पनि विभिन्न पार्टीका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । बाँके क्षेत्र नम्बर २ मा विभिन्न पार्टीका शीर्षस्थ नेताको उम्मेदवारीले राजनीतिक माहोल तातेको छ । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट विजयी भएका जनता समाजबादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले यसपटक पनि यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । 

बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपा गठबन्धनवाट राप्रपाका महामन्त्री डाक्टर धवल शम्सेर राणा उम्मेदवारी दिएका छन् । विगतमा यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएर सहरी विकास र भौतिक पूर्वधार तथा यातायात मन्त्री समेत भइसकेका मोहम्मद इस्तियाक राई भने डाक्टर धवलशम्सेरको असफलता देखाउदै मतदाता रिझाउन व्यस्त छन् ।

सत्तारुढ तथा एमाले राप्रपा गठवन्धन बाहेक बाँके २ मा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिष्पर्धामा छन् । राप्रपाका महामन्त्री राणा विरुद्ध निर्वाचनमा राई होमिएका छन् । 

यस्तै लोसपाका तर्फबाट अब्दुल हन्नान जसगढ चुनाबी मैदानमा होमिए पछि राईलाई चुनाव जित्न समस्या हुने भएको छ । जसगढ मुस्लिम र मधेशीहरुको लोक प्रिय नेताको रुपमा चिनिन्छन् भने उनको अन्य समूदाय संग पनि उत्तिकै राम्रो सम्बन्ध रहेकोले बाँके २ मा चुनाबी प्रतिष्प्रधा कडा हुने देखिएको छ । यद्धपि राई भने यस पटक चुनाब जित्न नसक्ने विश्लेषण भई रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार