मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

क्रिसमसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

महमूद आलम खान 1133+ समाचार ( )
जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिन धार्मिक र सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउँछन् ।
९ पौष २०७८, शुक्रबार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । यस अवसरमा उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना पनि गर्नुभएको छ ।

जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिन धार्मिक र सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउँछन् । राष्ट्रपतिले यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि महत्त्वपूर्ण पुँजी भएको बताउनुभएको छ ।

जिसस क्राइस्टको जन्मदिनको अवसरमा शुभकामना दिनुहुँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हुनु राष्ट्रिय एकताको सूत्रको आधार पनि भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा चाडपर्व र संस्कृति परम्पराहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महìवपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ । क्रिसमसले सबै नेपालीबीच एकआपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार