मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुको टोली काठमाडौं पुग्यो

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
उच्चस्तरीय भेटघाट गर्ने
७ श्रावण २०८०, आइतबार

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ ।

केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जियान नेतृत्वको २५ सदस्यीय टोलीले ९ साउनसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छ ।

टोलीले कार्यबाहक प्रधानमन्त्री नारायणकाजी श्रेष्ठल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछ । निकट भविष्यमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा चिनियाँ नेताहरू काठमाडौं आएका हुन् ।

सीपीसीका नेताहरू निरन्तर काठमाडौं–बेइजिङ आवतजावत गरिरहेका छन् । राजनीतिक संवाद बाक्लो बनाउने नीतिमा देखिएको सीपीसी काठमाडौंमा प्रमुख दलका नेताहरूसँग निरन्तर संवादमा देखिन्छ ।

गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्कँदै गर्दा माओवादी नेताहरूको एउटा टोली बेइजिङ थियो । उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा केही पदाधिकारीसहित ठूलो टोली बेइजिङ गएको थियो ।

यसैबीच चिनियाँ नेताहरूको टोली काठमाडौं आउन लागेकै दिन माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोलीले भारत भ्रमण गर्दै छ । भारतीय जनता पार्टीको निम्तामा उनीहरू आज बेलुकी ५ बजे भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जेपी नाड्डाले भाजपा चिनौँ अभियानअन्तर्गत उनीहरूलाई बोलाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार