मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |
मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |


माके (क्रान्तिकारी) को स्थायीसमिति बैठक सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
वृहत कम्युनिष्ट एकता अभियान चलाउने निर्णय
१५ माघ २०७८, शनिबार

 मनराज कठायत

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) को स्थायीसमितिको विस्तारित बैठक विविध निर्णय सहित सम्पन्न भएको छ । उक्त बैठक लुम्बिनी प्रदेशको ठाकुरबाबा नगरपालिका–२, रानिपुर बर्दियामा बसेको हो । बैठकको अध्यक्षता माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले गरेका थिए ।

बैठकमा माओवादी केन्द्र (क्रान्तिकारी) का स्थायी समिति सदस्य रतन बहादुर बिक (राजन), दुर्गादेवी खत्री, ज्ञानु बम, सूर्यबहादुर खत्री (सुमन) लगाएत विधिन्न जनवर्गिय संगठनका प्रमुख तथा पार्टी केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

बैठकमा पार्टी निकटको जनप्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष मनराज कठायत, महासचिव भिम बहादुर बिक, अनेमसंघ (क्रान्तिकारी) का नेता जमुना बडुवाल, थारु राष्ट्रिय मुक्ति मोर्चाका नेता खिमबहादुर चौधरी, मधेशी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक राजेन्द्र गोडिया, मुश्लिम राष्ट्रिय मुक्ति मोर्चाका संयोजक स्माइल गुजर, अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) का अध्यक्ष खगेन्द्र चौलागाई, अखिल नेपाल युवा संघ (क्रान्तिकारी) का संयोजक सुमन लगाएतको समेत सहभागिता रहेको थियो ।

बैठकमा माके (क्रान्तिकारी) का महासचिव लोकेशले ‘बर्तमान परिस्थिति र क्रान्तिको ऐतिहासिक कार्यभार’ विषयक एक कार्यपत्र पेश गरेका थिए । उक्त कार्यपत्र माथि बैठकमा सहभागि नेताहरुले व्यापक छलफल, सुझाव सहित एक मतले स्विकृत गरेका थिए । त्यस्तै विशेष राष्ट्रिय भेलाको पेश गरेको राजनीतिक दस्तावेज, पार्टीको मुलभुत कार्यदिशा र विधानबारे हलबाट आएका सुझावका आधारमा सुधार गर्दै आजको बैठकमा महासचिव लोकेशले पेश गरेका दस्तावेजहरु एकमतले निर्णयार्थ स्विकृत भएको छ ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, समस्याहरु र समाधानको लागि संघर्षको आवश्यकताबारे गरिएको छलफलले वृहत कम्युनिष्ट एकताको आधार तय गर्दै जनसत्ताँ स्थापना गर्न सकिने निष्कर्ष निकालेको थियो । साथै पार्टी महासचिव लोकेशको नेतृत्वमा गठित टिमले वृहत कम्युनिष्ट एकता अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै विचार सिद्धान्त मिल्ने कम्युनिष्ट शक्ति, समूहहरुसँग पार्टी एकता, धुब्रिकरण गर्ने र त्यसको वार्ता संवादको जिम्मा समेत महासचिव लोकेशलाई बैठकले दिएको छ ।

त्यसैगरी बैठकमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाका समस्याहरु र राज्यको राष्ट्रघाती जनघाती नीतिका विरुद्ध संघर्षका कार्यक्रमहरुबारे समेत छलफल भएको छ । भारतीय विस्तारवादी नीतिको बैठकमा विरोध गरिएको छ । त्यस्तै राष्ट्रिय हित विरुद्ध ल्याउन खोजिएको एमसीसी सम्झौता लगाएतका असमान सन्धी, सम्झौताहरुको खारेजीको मागसहित बैठकले राज्यलाई सुझाव सहित विरोध जनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पार्टी संगठन, जनवर्गिय संगठनहरुको विस्तार, भेला, सम्मेलनमा विशेष ध्यान दिने निर्णय समेत गरेको छ । त्यस्तै विभिन्न पार्टी समूह छाडेर माके (क्रान्तिकारी) को विधान, कार्यदिशा र योजनामा सहमत हुँदै जोडिन आएका नेताहरुलाई स्वागत कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ । 

पछिल्लो चरणमा माके (क्रान्तिकारी) मा विभिन्न पार्टी, संगठन छाडेर जोडिन आउँने नेता, कार्यक्रर्ताहरुको लहर बाक्लो रहेको छ । केही समयअघि मात्र नेकपा (माओवादी केन्द्र समाजवादी) का नेताहरु माके (क्रान्तिकारी) मा आवद्ध भएका छन् । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु पार्टीले विज्ञप्ति मार्फत सार्वजनिक गर्ने बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार