मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

प्रमुख जिल्ला अधिकारी आचार्यले गरे सीमा क्षेत्रको अनुगमन

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो ।
१८ माघ २०७९, बुधवार

नरैनापुर । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ । शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमि खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो ।  

सिमा क्षेत्रको अनुगमन गर्न पुग्नु भएका प्रजिअ आर्चायले इलाका प्रशासन कार्यालय नरैनापुरको भवनको समेत निरिक्षण गर्नु भएको थियो । गृह मन्त्रालयले कर्मचारी पठाउने बित्तिकै इलाका प्रशासन सुरु गर्ने बताउनु भयो ।

पहिलो पटक नरैनापुर पुग्नु भएका प्रजिअ आचार्यलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं.१ का अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ४ का अध्यक्ष मनोज शर्मा लगायतले स्वागत गर्नु भएको थियो ।

प्रजिअ आचार्यले अनुगमनका क्रममा गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनु भएको थियो । ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ,’ आचार्यले भन्नुभयो, ‘छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ।’

प्रजिअ संगै अनुगमनमा नरैनापुर गाँउपालिकाका अध्यक्ष शाह, प्रहरी उपरिक्षक सन्तोष सिहं राठोर, अनुसन्धानका एसपि मोहन कुमार लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार