मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
१ जेठ २०८२, बुधवार

बाँके । डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न सुरु गरिएको । 

जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

उहाँले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताउनु भयो । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । 

पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो । 

सर्भेक्षणमा विशेषगरि व्यक्तीगत, संस्थागत, र व्यवसायिक विवरण अन्र्तगतका सूचनाहरु संकलन गरिने सूचना प्रविधी अधिकृत सुरेसकुमार बर्माले बताउनु भयो । उहाँले विवरण संकलनकर्तालाई तालिम दिएर मोवइलमा जिपिएससंगै सफ्टवेयरमार्फत प्रत्येक व्यक्तीको प्रोफाईल तयार गरिने बताउनुभयो । 

डुुडुवामा रहेका १० हजार घुरधुरीको विवरण संकलन गरिनेछ । पालिकाले घरधुरी सर्भेक्षकलाई दुई दिनको तालिम दिएको छ । प्रयोगात्मक तालिममा विज्ञ परामर्शदाता त्रिलोचन भुषाल र सर्वज्ञ श्रेष्ठले अनलाईन सफ्टवेयरका बारेमा जानकारी गराउनुभएको थियो । अनलाईन सर्भेक्षणले व्यक्तीगत, संस्थागत, व्यवसायिक, शिक्षा, स्वास्थ्य कृषिलगायत सम्पुर्ण विवरण तयार हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार