मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

महमूद आलम खान 1133+ समाचार ( )
वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारूढ गठबन्धनले चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरिसकेको छ ।
६ वैशाख २०७९, मङ्गलबार

काठमाडौं । महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । यहि वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारूढ गठबन्धनले चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरिसकेको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा बस्न लागेका हुन् ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि दलहरुलाई महानगर र उपमहानगरको भागबन्डा मिलाउन सकस भइरहेको छ । सोमबार दिनभर छलफल भए पनि सहमति जुट्न सकेन ।

आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजे सुरु हुनेछ । कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो (सोमबार)को बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने बताए ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभर पटकपटक बसेको बैठक विनानिष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार