मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बर्दियाको गुरुवामा सार्वजनिक सुनुवाई सम्पन्न

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि बर्दियाको गेरुवा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
१५ असार २०७९, बुधवार

बर्दिया । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि बर्दियाको गेरुवा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोग र मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण, कोभिड १९ को प्रभाव तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा गाउँपालिका अध्यक्ष जमन सिंह केसीले उपस्थीत सेवाग्राहि तथा सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडा कार्यालयले प्रदान गरेका सेवा  २०७८। ७९ को बार्षिक रुपमा सम्पादन भएका कामहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर गुरुङले जानकारी गराउनु भएको थियो । 

कृषि, भौतिक पूर्वाधार, ३६ किलो मिटर वेश वायर निर्माण, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिइएको छ । नीति तथा कार्यक्रममा भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, पूर्ण रुपमा छुवाछुत मुक्त पालिका,डिजिटल गाउँपालिका, गेरुरुवाको श्रम गेरुवा मै पसिना, स्र्माट कृषि गाउँ कार्यक्रम,मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, छोरी बचाउँ कार्यक्रम, पूर्ण सरसफाई गाउँपालिका, उज्यालो गाउँपालिका लगायतका महत्वपूर्ण कार्यक्रम तयार गरिएको अध्यक्षले बताए ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिहं केसीको सभाध्यक्षतामा सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष  थारु, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर गुरुङ, ६ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्यहरु तथा विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, नागरिक समाज र पत्रकारको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार