मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

काठमाडौँ । रसुवामा आएको बाढीमा परी मृत्यु भएका १७ जनाको शव फेला परेको छ भने बाढीपछि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत तीनमुरे, स्याफ्रुबेँसी, मैलुङ र रसुवागढीका २६ जना प्रहरीको अवस्था अज्ञात छ। सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायबाट आवश्यक प्रयास भइरहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरेका छन्। गम्भीर घाइतेको तत्काल उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको छ।

आपत्कालीन सडक उद्धारका लागि ‘मास क्याजुअल्टी भेइकल्स’ सहितको चिकित्सक तथा उद्धार (मेडिभ्याक) टोली परिचालन गरिएको छ। गम्भीर घाइतेलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा ल्याई तत्काल उपचारको व्यवस्था गर्न स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको जनाइएको छ।

त्यसैगरी, आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउने कार्य भइरहेको छ। देशका अन्य भागमा रहेका डीआरएस कन्टेनरसमेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गर्न थालिएको छ।

बाढीका कारण नदी किनार तथा प्रभावित क्षेत्रमा थुनिएका र सम्पर्कविहीन भएका नागरिकको खोजी तथा स्थान पहिचानका लागि सशस्त्र प्रहरीले ड्रोन परिचालन गरिरहेको छ। ड्रोनमार्फत बाढीबाट भएको क्षतिको अवस्थासमेत मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।

यसैबीच, रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढी तथा पहिरोमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको छ। टोलीले भग्नावशेष तथा जोखिमयुक्त क्षेत्रमा पुरिएका व्यक्तिको सम्भावित अवस्थाबारे खोजी तथा पहिचान गरिरहेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, उपचार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले आवश्यक जनशक्ति, स्वास्थ्य टोली, उद्धार सामग्री तथा प्रविधिको प्रयोग बढाएका छन्। जोखिमयुक्त क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखेर उद्धार कार्य जारी राखिएको जनाइएको छ।

यसैबीच, नदी थुनिएको स्थानमा पानीको ताल अझै पूर्ण रूपमा नभरिएको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको सूचना जारी गरिएको छ। अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार