मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

सेतो चन्दनको बिरुवा उपहारसहित मोहम्मद इस्तियाक राईलाई बधाई

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट फराकिलो मत अन्तरले विजयी हुनुभएकोमा मोहम्मद इस्तियाक राई लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। हरित अभियानकर्मी हेमन्त राज काफ्ले ले उहाँको विजयको अवसरमा सेतो चन्दन (Santalum album) को बिरुवा उपहार दिँदै सम्मान व्यक्त गर्नुभएको हो।

 सेतो चन्दन प्रकृतिको अत्यन्तै बहुमूल्य र सुगन्धित वनस्पति भएको र यसले वातावरण संरक्षण, आर्थिक समृद्धि तथा स्वास्थ्यका दृष्टिले ठूलो महत्व राख्ने गर्दछ । हेमन्तका अनुसार सेतो चन्दनको काठ र तेल विश्व बजारमा अत्यन्तै महँगो मानिन्छ र यसलाई “सुगन्धको राजा” तथा “हरियो सुन” पनि भनिन्छ।

सेतो चन्दन मध्यम आकारको सदाबहार रुख हो, जुन सामान्यतया ८ देखि १२ मिटर उचाइसम्म बढ्छ। यसको पात साना, हरिया र चम्किला हुन्छन् भने फूल रातो खैरो रंगका हुन्छन्। चन्दनको सबैभन्दा महत्वपूर्ण भाग यसको काठ हो जसबाट सुगन्धित तेल निकालिन्छ। यो तेल औषधि सुगन्ध तथा सौन्दर्य उद्योगमा व्यापक रूपमा प्रयोग हुने गर्दछ।

धार्मिक र सांस्कृतिक रूपमा पनि चन्दनको विशेष महत्व रहेको छ। हिन्दू धर्ममा पूजा पाठका क्रममा चन्दनको टिका लगाउने प्रचलन छ भने बौद्ध तथा जैन धर्ममा ध्यान र पूजा गर्दा चन्दनको धूप प्रयोग गरिन्छ। यसको सुगन्धले वातावरणलाई पवित्र र शान्त बनाउने विश्वास गरिन्छ।

आयुर्वेदिक चिकित्सामा पनि चन्दनलाई शीतल र रोगनाशक वनस्पति मानिन्छ। यसको लेपले छालाका समस्या कम गर्ने शरीरको ताप घटाउने तथा मानसिक शान्ति प्रदान गर्ने विश्वास छ। चन्दनमा पाइने एन्टिब्याक्टेरियल गुणले छालाका संक्रमण कम गर्न सहयोग पुर्‍याउँछ।

काफ्लेले नेपालमा पनि सेतो चन्दनको व्यवस्थित खेती विस्तार गर्न सके किसानको आयआर्जन बढ्ने र देशले आर्थिक लाभ लिन सक्ने पुर्व मन्त्रीलाई जानकारी दिए । 

विजयको अवसरमा चन्दनको बिरुवा उपहार दिँदै “वृक्षारोपण र वातावरण संरक्षणमा नेतृत्व तहबाट पनि सकारात्मक पहल होस्” भन्ने सन्देश दिन खोजिएको काफ्लेले बताउनुभयो।

जय हरियाली” भन्ने नारासहित वातावरण संरक्षण र वृक्षारोपण अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता पुर्व मन्त्री मोहम्मद ईस्तियाक राईले व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार