मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

यमनको गृहयुद्धमा पछिल्ला दुई महिनामा

महमूद आलम खान 1133+ समाचार ( )
‘गृहयुद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, यूनिसेफले भनेको छ
२९ फाल्गुन २०७८, आइतबार

एजेन्सी । यमनको गृहयुद्धमा पछिल्ला दुई महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय बालकोष यूनिसेफले जनाएको छ ।

‘गृहयुद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, यूनिसेफले भनेको छ । सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले देश छोडेर भाग्न बाध्य भएका थिए । त्यस लगत्तै यमनमा सैन्य हस्तक्षेप भएको थियो ।

युद्धको चपेटामा बालबालिका मारिने र घाइते हुने क्रम बढ्दो छ । यसैबीच २४ फेब्रुवरीदेखि रुसी सेनाले युक्रेनमाथि गरेको हमलामा कम्तीमा ७१ जना बालबालिका मारिएका र १ सय भन्दाबढी घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार