मुख्य समाचार
पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ |

५२६ जनाको जमुनाहा नाकाबाट उद्धार

यूथ टुडे समाचारदाता 3330+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

नेपालगन्ज । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना युवती, महिला र बालबालिकाको उद्धार गरिएको छ ।

लामो समयदेखि मानव बेचबिखनको क्षेत्रमा क्रियाशील माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार मानव बेचबिखनका दृष्टिले अत्यन्तै संवेदनशील मानिने नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म ५२६ जनाको उद्धार गरेर आवधिक गृहमा प्रवेश गराई पारिवारिक पुनर्मिलन गराइएको हो ।

प्रमुख कोइरालाले मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका पश्चिम नेपालका विभिन्न जिल्लाका ५२६ जनालाई सीमा क्षेत्रबाट उद्धार गरी उनीहरूलाई सचेत पारेर घर फिर्ता पठाइएको बताउनुभयो । सो अवधिमा श्रम तथा यौन शोषणमा परेका ९ जनालाई उद्धार गरी उनीहरूलाई पनि परिवारमा पुनर्मिलन गराइएको माइती नेपाल बाँकेले जनाएको छ । 

यसैगरि गत आर्थिक वर्षमा नाकामा पुगेका ५११ जनालाई वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराइएको माइती नेपालले जनाएको छ । हराएको भनी ५८७ जनाको खोजतलासको निवेदन माइती नेपालमा परेकोमा २९५ जना फेला परेका थिए भने १५ जना घरेलु हिंसाको सिकार भएको पाइएको थियो । विभिन्न खालका हिंसामा परेका ५ जनालाई सिपमूलक तालिम दिएको माइती नेपाल बाँकेले जनाएको छ ।

सो अवधिमा २ वटा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता भएको र २ जना माथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको माइती नेपालको बाँके शाखाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार