मुख्य समाचार
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर | कटकुइयाँ स्वास्थ्य चौकी नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै | शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति |

बाँकेको बनकटवामा थारु लोक गित एंव पौराणिक नृत्य प्रतियोगिता हुँदै

यूथ टुडे समाचारदाता 2659+ समाचार ( )
२३ कार्तिक २०८१, मङ्गलबार

बाँके । बाँकेको बैजनाथ गाउँपालिका - ५ बनकटवामा यही कात्तिक २१ र २२ गते थारु लोक गित एंव पौराणिक नृत्य प्रतियोगिता २०८१ हुने भएको छ । 

'थारु कला संस्कृतिको उत्थान, थारु भेषभुषा हाम्रो पहिचान' भन्ने मुल नाराका साथ यही २१ र २२ गते दुई दिने थारु लोक गित तथा पौराणिक नृत्य प्रतियोगिता २०८१ हुने भएको आयोजकले जनाएको छ । 

राष्ट्रिय थारु कलाकार मंच बाँकेको आयोजना तथा पर्यंटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा उक्त कार्यक्रम हुने भएको मंचका अध्यक्ष विनोद थारु (रामु) ले जानकारी गराउनुभयो । 

उक्त कार्यक्रमले थारु समुदायको संस्कतिको संरक्षण, संवर्द्धन गर्दै करिव १८ लाख थारूहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजकले जनाएको छ । लोपोन्मुख अवस्थाका थारू समुदायका कला, संस्कृति र परम्पराहरूको विकास तथा जर्गेनाको लागि यस्तो खालको कार्यक्रम आवश्यक रहेको अध्यक्ष थारुको भनाई थियो । थारू समुदायको पहिचानको रूपमा रहेका ऐतिहासिक, धार्मिक र पुरातात्वीक धरोहर र यसको महत्वका वारेमा जानकारी हुने लक्ष्यका साथ यस्तो खालको कार्यक्रम हरेक बर्ष गर्न आवश्यक रहेको मंचका उपाध्यक्ष श्रीदेवी थारुले जानकारी बताउनु भयो । 

ग्रामीण बस्तीमा रहेका थारू सांस्कृतिक पौराणीक लोक गीत तथा नृत्य सम्बन्धी प्रतिभाहरूको खोज पहिचान गरी त्यस्ता खाले नाचलाई उचाईमा पुर्याउनको निम्ति थारुहरुलाई संगठित हुन जरुरी रहेको मंचका सचिव देवदास थारुले जिकिर गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । थारु खानाका विभिन्न परिकारहरुको स्वाद समेत लिन सकिने कार्यक्रममा २५ बढी टिमको थारु पौराणिक कला झल्किने नाच हेर्न पाइने छ भने कार्यक्रममा प्रवेशको लागि निशुल्क व्यवस्था मिलाएको आयोजकले जानकारी गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार