मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

अम्बे स्टिलमा भट्टी विस्फोट : घाइतेको उद्धारमा वडाध्यक्ष यादव आफैँ खटिए

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
आगलागीको खबर पाउनासाथ घटनास्थल पुगेका वडाध्यक्षले घाइतेलाई अस्पताल पुर्‍याए, दुई जनाको अवस्था गम्भीर
१६ कार्तिक २०८३, आइतबार

नेपालगञ्ज, कात्तिक १५ गते । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा विद्युत् भट्टी विस्फोट भएर आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन् । घटना लगत्तै जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता टीकानाथ यादव उद्धारमा आफैँ खटिनुभएको थियो ।

आगलागीको खबर पाएलगत्तै घटनास्थल पुग्नुभएका यादवले घाइते कामदारलाई तत्काल उद्धार गरी उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पुर्‍याउन समन्वय तथा सहयोग गर्नुभएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ भने अन्य छ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहान करिब ५ः४५ बजे उद्योगमा फलाम पगाल्न प्रयोग गरिने विद्युत् भट्टी विस्फोट भई आगलागी भएको थियो । उद्योगमा रहेका तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि आगलागी भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । ती प्रत्येक भट्टीको क्षमता २५ टन रहेको छ ।

घाइतेमध्ये बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन् । त्यसैगरी भारतको बहराइच जिल्लाका राजकुमार निषाद, नशिवकुमार निषाद र विनोदकुमार निषाद घाइते भएका छन् ।

गम्भीर घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक गरी तीनवटा दमकल परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ८ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

यसअघि पनि केही दिनअघि सोही उद्योगको केमिकल ट्याङ्कीमा आगलागी भएको थियो । छोटो अवधिमै उद्योगमा दोस्रो पटक आगलागी तथा विस्फोटको घटना भएपछि औद्योगिक सुरक्षा र कामदारको सुरक्षाबारे चासो बढेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । आगलागीबाट उद्योगमा भएको भौतिक तथा आर्थिक क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार