मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बलिया दललाई पाखा लगाए नेपालको राजनीति सही बाटोमा जान्न : महासचिव पोखरेल

Youth Today News 1+ समाचार ( )
९ असार २०८१, आइतबार

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरूलाई पाखा लगाए नेपालको राजनीतिक सही बाटोमा नजाने बताएका छन्। 

शनिवार तुलसीपुर ११ हसनापुरमा दाङका कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

अमेरिका, बेलायत जस्ता देशमा सयौँ वर्षदेखि थोरै दलहरू हुँदा उनीहरु अगाडि बढेको भन्दै उनले अब नेपालमा धेरै पार्टीहरू नभइ बलिया र थोरै पार्टीहरूको खाँचो रहेको बताए। विकास र समृद्धिका लागि थोरै र बलिया पार्टीहरू हुनुपर्ने उनको तर्क थियो।  

उनले भने, ‘नेपालमा कांग्रेस पनि भएन, एमाले पनि भएन, भनेर नानाथरिका पार्टीहरू खोल्नु भनेको देशलाई बरबाद पार्ने र समाजलाई अलमल्याउने कुरा हो।’ 

यस्तै उनले कुनै एउटा क्षेत्रमा थोरै चर्चा हुने बित्तिकै त्यसले राजनीतिको सपना देख्न थाल्ने गरेको भन्दै राजनीति भनेको त्याग, तपस्या र बलिदानबाट गुज्रने चिज हो भन्ने कुरा थाहा नपाएर राजनीति गर्दा त्यो सफल नहुनेसमेत दावी गरे।

उनले भने, ‘एउटा कुनै विद्यामा सफलता भएमा राजनीतिको पनि सफलता भइन्छ, भन्ने बुझाइ गलत हो। राजनीति भनेको आफ्नै मूल्य मान्यताको जगमा उभिएको हुन्छ, भन्ने कुरालाई बुझ्न जरुरी छ।’ 

उनले अहिले समाजमा मूलरधाराका राजनीतिक दलप्रति जुन प्रकारका अनास्था, अविश्वास पैदा गर्ने काम भएको छ, यो समाजलाई पछाडि धकल्ने काम भएको पनि उल्लेख गरे।  उनले राजनीतिलाई विचारको जगमा ध्रुविकरण गर्ने कुरा नै उचित भएको बताए। यस्तै उनले राज्यको संरचनागत प्रश्नमा र लोकतन्त्रका आधारभूत मूल्यका प्रश्नमा कांग्रेस एमाले जस्ता पार्टीहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए।

उनले भने, ‘यदि एक ठाउँमा नउभिए समाजलाई अस्थिरतातर्फ लैजानेहरू बलिया हुन सक्छन्। लोकतन्त्रका आधारभूत मूल्यहरूमा सदैव समझदारी र एक आपसमा विश्वास गर्नुपर्छ। 

उनले नेपालको राजनीतिमा योगदान गरेका पार्टीहरू भित्र हेर्दा एमाले, कांग्रेस हुन् भन्ने कुरामा हिचकिचाउनु नपर्ने बताए। उनले भने, ‘कांग्रेस उदार प्रजातन्त्रको बाटोबाट अगाडि बढ्न चाहन्छ। हामी समाजवादको बाटोबाट अगाडि बढ्न चाहन्छौँ। यही चिजलाई बुझेर राजनीति गर्दा हुन्छ, को कता लाग्ने भन्ने कुराको निर्धारण यसैले गर्दछ।

उनले स्वर्गीय श्रीमणी आचार्यलाई कसले कसरी बुझ्यो, भन्ने कुराको आ–आफ्नो भोगाइ र बुझाइ रहेको भन्दै हामी सबैको मानसपटलमा  आचार्य जीवत् रहेको बताए। उनले आचार्यको कर्मले गर्दा आज जनताले आफैँ सालिक बनाएको भन्दै यो उदाहरणीय काम भएको बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार