मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

विद्यालय प्राङ्गणमा २५० भन्दा बढी बिरुवा लगाइयो

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

नेपालगञ्ज ।  श्री बालशिक्षा माध्यमिक विद्यालय भरैयामा लुम्बिनी वार्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमज्यूको अगुवाइमा ज्योति बिकास बैंकको आर्थिक सहयोग र 8 Billion Trees को सहकार्यमा २५० भन्दा बढी अमला, कटहर , अम्बा सितलचिनी र कागतिको बिरुवा लगाइएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आदरणीय तर्क खत्री सरको अनुरोधमा हरित हेमन्त विद्यालयमा बिरुवा लगाउन आउनु भएको थियो। उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, ज्योति बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।

यस अवसरमा 8 Billion Trees का नेपाल Planting Director ले बिरुवाको महत्त्वबारे विशेष जोड दिनुभयो। उहाँले विशेषगरी फलफूलका रुखहरू दिनप्रतिदिन मासिँदै गएको र त्यसलाई जोगाउन वृक्षारोपण अपरिहार्य भएको बताउनुभयो। साथै, पढ्दै कमाउँदै विद्यालय अभियान लाई पनि आर्थिक सहयोग गर्दै विद्यार्थीलाई आत्मनिर्भर र वातावरणमैत्री जीवनशैलीतर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष बासु गौतमले बिरुवा रोपण केवल वातावरणीय संरक्षणका लागि मात्र नभई भावी पुस्तामा हरियाली र स्वच्छ जीवनशैलीको सन्देश प्रवाह गर्ने अभियान भएको बताउनुभयो।

त्यसैगरी, ज्योति बिकास बैंकका क्लस्टर हेड मनोज भण्डारीले “रुख लगाउने मात्र होइन, जोगाउनु ठूलो कुरा हो। अहिलेको वातावरण प्रदूषण र ग्लोबल वार्मिङको बेला चाहिँ वृक्षारोपण अत्यन्तै जरुरी छ,” भन्ने विचार व्यक्त गर्नुभयो।

प्रधानाध्यापक खत्रीले विद्यार्थीलाई वातावरणमैत्री आचरण सिकाउन यस किसिमका कार्यक्रमले ठूलो प्रेरणा दिने उल्लेख गर्नुभयो।

यस अवसरमा सहभागीले विद्यालयलाई हराभरा बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार