मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कर्मचारीले डुडुवा गाँउपालिकामा लगाए ताला, पालिकाको सबै सेवा ठप्प

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
सरोरकारवाला निकायलाई गम्भीर बन्न कर्मचारीको अपिल
२६ मंगशिर २०७९, सोमबार

डुडुवा (बाँके), २६ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन । 

गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले जनप्रतिनिधीहरुको पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएपछि आईतबारदेखि कार्यालयमा तालावन्दी गरि आन्दोलनमा उत्रेका हुन । कर्मचारीहरुले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन । विद्यालयहरुमा पनि शिक्षकहरुले आशिंक अध्ययापन गराएका छन ।

केहीदिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरुले एक्यबद्धता जनाएका छन । आईतबारदेखि गरिएको तालावन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ । गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका हुन । 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

कर्मचारीहरुले तलब नपाउदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारीहरु बताउछन । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका हुन । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उहाँले विपक्षीहरु पटक पटक मौखिक रुपमा सहमती गरेपनि व्यहारमा कार्यन्वयन नगरेको बताउनुभयो । अध्यक्ष चौधरीले अनावश्यक विभिन्न कानूनविपरितका बखेडा गरेर कार्य अवरोध गरेको र नीति तथा प्रक्रियामा जान नखोेजेको र बैठकमा समेत अनुपस्थित हुने एजेण्डमाथी छलफल नगरी बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाएको बताउनुभयो । 

उहाँका अनुसार भोली मंगलबार दिउसो २ बजे कार्यपालिकाको बैठक बोलाइएको छ सम्भवतः भोलीको बैठकले केही निकास दिने विश्वास लिइएको छ । यता विपक्षी दल नेकपा एमालेका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले पालिका अध्यक्षसंग मौखिक रुपमा भद्र सहमती भएको भन्दै कार्यपालिकाको बैठकले गाउसभा गर्न बाटो खुलेको प्रतिक्रिया दिनुभयो । उहाँले मंगलबारको बैठकले निकास दिने विश्वास व्यक्त गर्नुभयो । 

समयमा गाउँसभा नभएर संघिय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डरप्रक्रिया समेत अवरुद्ध हुदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थितभएर छलफल प्रक्रियामै सहभागि नभएकाले सभा अन्यौलमा परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार